समाज : सुरक्षा/अपराध

सशस्त्र प्रहरीकै सेटिङमा झापामा तस्करी ! नेपाल प्रहरीद्वारा बरामद

जेठ २२, २०७७

    झापा : लकडाउनमा पनि झापाको भद्रपुर नाकामाडयुटीमा खटिएका सशस्त्र प्रहरीकै सेटिङमा तस्करी भइरहेको छ। सीमा नाका सिलसँगै लकडाउनमा भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ नेपाली बजारमा अभाव भएपछि तस्कर तथा कारोबारी समूहले धमाधम भित्र्याइरहेका छन्। 
     

    भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ र रजनीगन्धा झापाका बजारमा चर्को मूल्यमा बिक्री भइरहेको प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकका प्रहरी टोलीले थाहा पाएका थिए।

    त्यसपछि प्रहरीले ती सामग्री कारोबार गर्ने व्यक्तिको खोजी सुरु गरेको थियो। केही दिनको सुराकपछि प्रहरीले बिहीबार ठूलो परिमाणमा सूर्तीजन्य पदार्थसहित लत्ताकपडा बरामद गर्न सफल भएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
     
    प्रहरीका अनुसार बिहीबार बिहान भद्रपुर ६ स्थित भानुनगरमा रहेको एक गोदामबाट ६० डब्बा रजनीगन्धा र तुलसी नामकको सूर्ती दुई वटा मोटरसाइकलमा हालेर बिर्तामोड लगिरहेको विशेष सूचनाका आधारमा समातिएको हो। प्रहरी टोलीले बिर्तामोडको बिजुली अफिस अगाडी ती सामान बरामद गरेको थियो।
     
    ती सामानसहित प्रहरीले धुलाबारीका रमेश साह र दिलीप अग्रवाललाई नियन्त्रणमा लिएका छन। उनीहरूलाई प्रहरीले कहाँबाट ल्याएको भनी सोधपुछ गर्दा भद्रपुरबाट खरिद गरी ल्याएको बताएका छन्। 
     
    त्यसपछि प्रहरीले साहलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा जिम्मा लगाएर अग्रवाललाई लिएर भद्रपुरतर्फ आएका थिए। साह र अग्रवालले भद्रपुर ५ बस्ने अन्दाजी ३० वर्षीय अशोक सहनीसँग सामान किनेको बताएका छन्। प्रहरीले सहनीको दुई वटा गोदाममा रजनीगन्धा छापा मारेको थियो। 

    प्रहरीले गोदाममा छापा मार्दा बिजबिजक नभएको ठुलो परिमाणको लत्ताकपडा पनि बरामद गरेको छ। 

    वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी कार्यालय झापाको संयुक्त टोलीले भद्रपुर ६ को गोदामबाट रजनीगन्धा, तुलसीसहित २१ बट्टा र ६ रोल थान कपडा र भद्रपुर ५ स्थित बसपार्क नजिकैको गोदामबाट पाँच पोका कपडा बरामद गरेको छ ।  

    प्रहरीले छापा मारेको दुइटा गोदाम नै आन्तरिक राजश्व कार्यालयमा दर्ता नभएको र सामानको बिल बिजक समेत देखाउन नसकेपछि सो सामान जफत गरिएको एसपी कोइरालाले बताए । 

    यता बरामद गरिएका रजनीगन्धा र तुलसी ३९ हजार ६ सय ९० रुपैयाँ र विभिन्न किसिमका कपडा ३ लाख ८७ हजार ६ सय मूल्य तोकेर कारोबारी सहनीलाई समेत भद्रपुर भन्सार कार्यालय बुझाइसकेको बताइएको छ। 

    कारोबारी सहनीलाई केही दिनअघि मात्र प्रहरी कार्यालय झापाको सादा पोसाकको टोलीले भद्रपुरको मेची खोलामा राती १ बजे भेट्टाएका थिए। सहनीसँग सामान फेला नपरेपछि प्रहरीले उनलाई चेतावनी दिएर छाडेका थिए । 

    प्रहरी स्रोतका अनुसार सहनीसहित भद्रपुरका अन्य कारोबारीले समेत डुयुटीमा खटिएका सशस्त्र प्रहरीलाई एक पोकाको एक हजार दिएर सामान भित्र्याउँदै आइरहेको बताएका छन्। 

    लकडाउनमा खटिएका सशस्त्र प्रहरी कमा धन्दामा लागेपछि भद्रपुरको घोडामारा, गणेश मन्दिर, देवीवस्ती, मसानघाट, चाचा बगान, डाँगीवारि, मेचीपारिलगायत क्षेत्रबाट तस्करी मौलाएको स्थानीयवासीको दाबी छ। 

    केही दिनअघि पनि प्रहरी कार्यालय झापाको टोलीले मेची खोलाबाट चार पोका बरामद गरेको थियो । ६० हजार मूल्य बराबरको सामानमा रजनीगन्धा, तुलसीलगायत खाद्यान्न रहेको प्रहरीले जनाएको छ। चौबिसै घण्टा ड्युटीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी रोक्न नसकेपछि अहिले जिल्लामा सादा पोशाकका प्रहरी टोली भद्रपुर नाकामा खटिएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]