स्थानीय निर्वाचन-२०७९

सुदूरपश्चिममा थपिए ५ जना, प्रदेशभर काेराेना संक्रमितकाे संख्या ८६

जेठ २२, २०७७

    डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पालको प्रयोगशालामा गरिएकाे कोरोना परीक्षणमा सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि भएको छ। 

    योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८६ पुगेको छ। कैलालीको फूलवारीकी २२ वर्षीया युवती र २६ वर्षीय पुरुष, कैलालीकै घोडाघोडी नगरपालिकाका ११ का ३२ वर्षीय पुरुष, अछाम साँफेवगरका २९ वर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार क्षेष्ठले जानकारी दिए।

    यसअघि सुदूरपश्चिममा बुधबार ८ जना कोरोनामा पुष्टि भएको थियो। बुधबार दिउँसो पाँच जना र साँझ थप तीन जनामा पुष्टि भएको हो। 

    बुधबार साँझ डोटीको पूर्वीचौकी गाउँपालिका ४ की ४५ वर्षीय महिला, २७ वर्षीय पुरुष र वडा नम्बर ७ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। बुधबार दिउँसो पूर्वीचौकी गाउँपालिका ४ का २२ वर्षीय र पूर्वीचौकी गाउँपालिका ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो भने धनगढी उपमहानगरपालिका ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। 

    सुदूरपश्चिममा मंगलबार एकै दिन थप २७ जनामा कोरोना पुष्टि भएको थियो। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको थियो। धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको थियो। 

    कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्‍वारेन्टाइनमा रहेका २०, ३५ र ६३ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको थियो। धनगढी उपमहानगरपालिका ३ त्रिभुवन माविको क्‍वारेन्टाइनमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्‍वारेन्टानमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।   

    यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आइविआरडीमा रहेको क्‍वारेन्टाइनमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

    यस्तै सुर्खेतमा गरिएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिलासहित ८ जना र मंगलसैन नगरपालिकाका एक गरी नौ जनामा कोरोना पुष्टि भएको थियो। अछामकै चौरपाटी गाउँपालिकाका एक जनामा सोमाबर साँझ मात्रै सुर्खेतमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो। 

    सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने बझाङ र बाजुराका एक–एक संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। यहाँका एक जना संक्रमितको मृत्यु भइसकेको छ भने ७ जना प्रदेशभित्रबाटै निको भएर घर फर्किसकेका छन्।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]