राजनीति

आजदेखि सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्दै

युएई र म्यानमारबाट नागरिक आउँदै

जेठ २३, २०७७

    काठमाडौं : सरकारले आजदेखि तेस्रो मुलुकबाट नेपाली ल्याउने भएको छ। खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँदैछ। 

    यूएईले २ सय ५० र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो। उनीहरू आज काठमाडौं आइपुग्दै छन्। फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन। ती मुलुकमा अलपत्र परेकामध्ये साढे २ सय भन्दा बढी नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन्। 

    यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो। म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जानकारी दिए। 

    म्यानमारबाट २६ जना नेपाली ल्याउन नेपाली ल्याउन परराष्ट्र मन्त्रालयको पहलसँगै सेनाले त्यहाँको सेनासँग आग्रह गरेको अधिकारीहरूले बताए। नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यानमारको सेनाले आफ्ना दुईवटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याउन तयार भएको हो। म्यानबारबाट नेपाली लिएर उडेको सेनाको विशेष जहाज शुक्रबार बिहान  सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ।

    यूएईबाट नेपाली लिएर एयर अरेबियाको चार्टड विमान शुक्रबार अपराह्न काठमाडौंमा अवतरण हुनेछ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले म्यानमार र यूएईबाट आउने नेपालीलाई व्यवस्थापन गर्ने प्रक्रिया पूरा भइसकेको बताए। 

    उनीहरुलाई कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) ले प्रदेश अनुरुप तोकेको होल्डिङ क्षेत्रमा राखिनेछ। त्यसपछि सम्बन्धित प्रदेशसँगको समन्वयमा उनीहरूलाई सम्बन्धित पालिकामा पुर्‍याएर क्वारेन्टाइनमा राखिनेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]