स्थानीय निर्वाचन-२०७९

संक्रमित बढ्न थालेपछि आइसोलेसन बनाउँदै दाङका स्थानीय तह

जेठ २३, २०७७

    दाङ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दाङमा आइसोलेनस बेड अभाव भएको छ। कोरोना विशेष अस्पताल बेलझुण्डीसहित अन्य अस्पतालहरुमा गरी १६६ बेडको आइसोलेसन कक्ष थियो। तीमध्ये कोरोना अस्पतालमा संक्रमितहरु राखेर उपचार हुँदै आएको छ। अन्यमा भने संक्रमित राखिएको छैन।

    कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि बंगलाचुली र घोराही उपमहानगरमा पुष्टि भएका कोरोना संक्रमितहरुलाई क्वारेन्टाइनमा राखिएको थियो। राप्ती गाउँपालिकाका संक्रमित दुईजनाकालाई नेपालगञ्ज पठाएको छ।

    दाङमा कोरोना संक्रमितहरुले आइसोलेसन नपाएको गुनासो बढिरहेको बेला बंगलाचुली गाउँपालिकाले ५० बेडको आइसोलेसन निर्माण गर्न थालेको छ। गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आइसोलेसन तयार पारी सकेको गाउँपालिकाले जनाएको छ। वडा नम्बर ४  को झुलिडाँडामा १५ र वडा नम्बर  १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आइसोलेसन निर्माण गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिए। साथै, स्युजामा १० बेड पछि थप गरिने समेत उनले बताए।

    गाउँपालिकाले अहिले १४ जना कोरोना संक्रमितहरुलाई आफ्नै आइसोलेसनमा राखेर उपचार समेत थालिसकेको छ। यसअघि संक्रमित भएका चारजनालाई कोरोना अस्पताल बेलझुण्डीमा राखिएको छ। प्युठानका दुईजनालाई माण्डवी गाउँपालिकामा हस्तान्तरण गरिएको छ।

    संकट व्यवस्थापन केन्द्र दाङको जेठ २१ गते बसेको बैठकले हरेक स्थानियतहले आफ्नो क्षेत्रका संक्रमितहरुलाई राख्न आइसोलेसन निर्माण गर्ने गरेको निर्णयअनुसार आइसोलेसन तयार पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलीले बताए। 

    गाउँपालिकाको आइसोलेसनमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीहरुको टोलीबाट संक्रमितहरुलाई स्वास्थ्य उपचार तथा परामर्स गरेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक् बहादुर जिसीले बताए। साथै, आइसोलेसनमा आवश्यकताअनुसार अक्सिजनको व्यवस्था समेत गरिएको उनले बताए।

    गाउँपालिकामा पिसिआर परीक्षणका क्रममा दिन प्रतिदिन कोरोना संक्रमण देखिन थालेको छ। बिहिबारसम्म एक वडाध्यक्ष र दुईजना प्युठान जिल्लाको गरी जम्मा २० जनामा संक्रमण पुष्टि भएको छ। 

    घोराही उपमहानगरपालिकाले पनि कोरोना भाइरसका संक्रमितलाई राख्न घोराही १० दक्षिण अम्राईनमा निर्माणाधीन फनपार्कमा ५० बेडको आइसोलेसन केन्द्र बनाउन लागेको छ। घोराहीमा कोरोना पुष्टि भएकालाई अहिले घोराही–३ को कुइरेपानीमा रहेको आइसोलेनस केन्द्रमा राखिएको छ।

    शान्तिनगर गाउँपालिकाले पनि वडा नम्बर २  रहेको जनकल्याण माविमा १० बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ। ९० बेडका लागि तयारी गरेको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]