समाज : सुरक्षा/अपराध

यार्सा संकलन गर्ने १२ जना पक्राउ

जेठ २३, २०७७

    डोल्पा : जगदुल्ला गाउँपालिकामा पर्ने टाङ्टुङे पाटनबाट १० जना पुरुष र दुईजना पक्राउ परेका छन्।

    कोरोना भाइरसका कारण यार्सागुम्बा संकलनमा रोक लगाइए पनि पाटनमा लुकिछिपी यार्सागुम्बा संकलन गरिरहेको अवस्थामा निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्म, स्थानीय मध्यवर्ती समिति र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ती टोलीले यार्सागुम्बासहित नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका–८ की २१ वर्षीया राजकुमारी सार्की, १४ वर्षीया सिर्जना सार्की, १९ वर्षीय गोविन्द सार्की, १४ वर्षीय गणेश सार्की, १५ वर्षीय युवराज सार्की, १५ वर्षीय कृष्ण विक, ३० वर्षीय दिलबहादुर सार्की, १९ वर्षीय रमेश सार्की, २१ वर्षीय कालीबहादुर सार्की, १८ वर्षीय धनराज विक, २६ वर्षीय देवबहादुर सार्की र १४ वर्षीय दिपक सार्की रहेका छन्।

    उनीहरुबाट ७७ थान यार्सागुम्बा, पाँच थान मोबाइल सेट, पाँचवटा कुटा, एउटा खुकुरी लगायतका सामग्रीहरु बरामत गरि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको नेपाली सेनाका मेजर लेखनाथ कटुवालले जानकारी दिए।

    पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको शे–फोक्सुण्डो निुकञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]