समाज

गोकर्णेश्वरमा बिहान ६ बजेदेखि ११ बजेसम्म पसल खुल्ने

जेठ २२, २०७७

    काठमाडौं : गोकर्णेश्वर नगरपालिकाभित्रका सबै पसल बिहान ६ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ। लकडाउन लम्बिँदै जाँदा पसल व्यावसायीलाई गुजारा चलाउन समस्या भएपछि नगरपालिकाले सामाजिक दूरी कायम गरेर पसल सञ्चालन गर्न दिइएको हो। 

    गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले पसल सञ्चालन गर्ने अनुमति दिएका हुन्। ‘लकडाउनले पसल व्यवसायी धेरै मर्कामा परेको देखियो,’उनले भने,‘त्यसैले नगरपालिकाले बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म नगरपालिकाभित्रका पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ।’

    उनका अनुसार लुगा पसल, मोबाइल पसल, भाँडाकुँडा, तरकारीलगायत व्यवसायीले अब पसल सञ्चालन गर्न पाउनेछन। तर कोरोना संक्रमण फैलिन नदिन  व्यावसायीले सामाजिक दूरी कायम गरी बिक्री वितरणको व्यवस्था गर्नुपर्ने छ।

    लकडाउनले व्यापार गर्न नपाउँदा सटरभाडा तिर्न समस्या भएको भन्दै पसल सञ्चालन गर्न पाउनुपर्ने माग राखेर पसल व्यापारीले गत मंगलबार जोरपाटीमा आन्दोलन समेत गरेका थिए। लकडाउनमा सरकारले कर तिर्न ताकेता गरेको विषयमा पनि उनीहरुले असन्तुष्टि जनाएका थिए। त्यसपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]