राजनीति

जनताको जीउधन जोगाउन सरकार गम्भीर देखिएन : सांसद उमा रेग्मी

जेठ २३, २०७७

    काठमाडौं : सांसद उमा रेग्मीले अहिलेको अवस्थामा जनताको जीउ जीवनलाई लिएर सरकार संवदेनशील नभएको आरोप लगाएकी छन्। संसदमा बजेटमा मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद रेग्मीले अहिले आएको बजेट परम्परागत नै भएको बताएकी हुन्। 

    ‘अहिले कोरोना महामारी नियन्त्रण हो। विरामी र ज्यान गुमाउनेको संख्या दिनदिनै बढेको छ। कोही भोको रहनुपर्दैन भनेर प्रधानमन्त्रीले भन्‍नुभएको थियो तर, आज भोकमरीको अवस्था बढ्दै गइरहेको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा सरकारको प्राथमिकता खर्च कटौतीमा हुनुपर्ने सुकुम्बासी आयोगदेखि लिएर विभिन्‍न आयोग र समिति गठन गरेर कार्यकर्ता भरणपोषण गर्ने काम भएको छ। सरकार जनताको जीउ जीवन संवदेनशिल नभएको अवस्था छ।’ 

    त्यस्तै उनले भारत लगायत अन्य देशबाट रोजगारी गुमाएर फर्केकाहरुलाई यहाँ रोजगारी दिनेबारे बजेटमा कहीँ कतै केही उल्लेख नभएको पनि बताइन्। 

    ‘लर्काे लाएर भारतबाट मानिस रोजगारी गुमाएर आएका छन्। अरु देशका पनि फिर्ता गरिँदै छ। उनीहरुलाई कहाँ रोजगारी सिर्जना गर्ने बजेटमो केही छैन,’ उनले भनिन्, ‘हाम्रो देशमा कृषिमै रोजगारी खोज्ने हो।' 

    'कृषि मन्त्रीले राम्रै प्याकजे ल्याउनुहुन्छ भन्‍ने आशा थियो। किसानले आशा गरेअनुरुप कृषकमैत्री भएर बजेट आएन। परम्परागतरुपमा आएको छ',’ उनले सरकार खर्च कटौतीको पक्षम पनि चुकेको टिप्पणी गर्दै भनिन्। उनले कृषिकाे बजेट महिलामैत्री नभएकाे पनि आरेाप लगाइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]