काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडाैं : सांसद लक्ष्मी परियारले नेपाल सरकारको बजेट र मन्त्रालयको बजेट हेर्दा सरकार कम्युनिष्टको नभई कमाउनीस्टको भएको देखिएको आरोप लगाएकी छन्।
संसदमा मन्त्रालयगत बजेटमाथि छलफल गर्दै सांसद परियारले अहिलेको बजेटमा भूमिहिन किसानलाई, गरिबलाई सम्बोधन नगरेको बताएकी हुन्।
‘नेपाल सरकारको यो बजेट हेर्दा मन्त्रालयको बजेट नियाल्दा सरकार कम्यूनिष्टको, सर्वाहाराको भन्थे तर, सरकार कमाउनीष्टको रहेछ भन्ने देखिन्छ,’ उनले भनिन्, ‘बजेटको बुँदा १०५ मा प्रस्ताव गरिएको भूमि बैंक कस्का लागि ल्याएको हो ? जमिनदारहरुको जमिन सुरक्षित होला। तर, भूमिहीन किसानले जमिनको टुक्रा कहिले पाउने हुन ?’
उनले बजेटमा कमैया, हलिया, हरुवा चरुवा एकै ठाउँमा राखिएकोमा आपत्ति जनाईन। वास्तविक किसानले सहकारी मार्फत ऋण पाउने सम्भावना नरहेको उनको भनाई छ।
सरकारले सहकारी मार्फत किसानलाई ऋण दिने कुरा बजेटमा उल्लेख गरेपछि उनले यसमा आपत्ति जनाएकी हुन। उनले भूमि अायाेगमा नेकपाले कार्यकर्ता भर्ति गरेकाे पनि आराेप लगाइन।
दलितलाई बजेट एकमुष्ट अलपत्रपाराले राखिएकाे उनकाे भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।