राजनीति

बजेटकाे अख्तियारी साउनमै दिनुपर्याे : सांसद पोखरेल

जेठ २३, २०७७

    काठमाडाैं : सांससद कृष्णभक्त पोखरेलले अब साउनमै बजेटको अख्तियारी दिएर सम्बन्धित निकायमा पठाउनुपर्ने बताएका छन्। शुक्रबारको संसद बैठकमा मन्त्रालगत बजेटमाथि छलफल गर्दै सांसद पोखरेलले फागुनमा पुगेर बजेट अख्तियारी दिने परिपाटी परिमार्जन गर्न आग्रह गरेका हुन्। 

    ‘सबै विनियोजन बजेटहरु साउनमै तत निकायमा बजेटको अख्तियारी पठाउनु पर्यो,’ उनले भने, ‘फागुन लगाएर बजेट अख्तियारी जाने जुन प्रणाली छ। त्यसले यति राम्रो बजेटको कार्यक्रम पनि कार्यान्वयन नहुने अवस्था छ।’ 

    उनले भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेटमा गत वर्ष निर्बाचन क्षेत्रमा १० करोड दिने भनेको र काम सुरु भइसकेको बताउँदै यसपाली बजेट नदेखिएकोमा आपत्ति जनाए। 

    त्यस्तै उनले एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कार्यक्रम तत्कालै कार्यान्वयन गर्न पनि उनले माग गरे। अब बन्ने आयोजनाहरु कम्तिमा १०० वर्ष थेग्‍ने बनाउनु उनले सम्बन्धित मन्त्रालयहरुलाई आग्रह गरे।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]