स्थानीय निर्वाचन-२०७९

सुदूरपश्चिममा फेरि थपिए ६ कोरोना संक्रमति, डडेल्धुराका मात्रै पाँच जना

जेठ २३, २०७७

    डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा सुदूरपश्चिममा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९२ पुगेको छ। 

    डडेल्धुराका पाँच र कैलालीका एक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार कैलालीको जानकी गाउँपालिका ७ का १७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

    यसअघि सुदूरपश्चिममा बिहीबार पाँच जनाको कोरोना पुष्टि भएको थियो। कैलालीको फूलवारीकी २२ वर्षीया युवती र २६ वर्षीय पुरुष, कैलालीकै घोडाघोडी नगरपालिकाका ११ का ३२ वर्षीय पुरुष, अछाम साँफेवगरका २९ वर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

    सुदूरपश्चिमका ९२ जना संक्रमितमध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना संक्रमितको मृत्यु भइसकेको छ। बझाङ र बाजुराका एक–एक संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। संक्रमित मध्ये ७ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]