स्थानीय निर्वाचन-२०७९

कोरोना नजिते पनि ६ संक्रमितलाई डिस्चार्ज गरियो

जेठ २३, २०७७

    बैतडी : कोरोना संक्रमित बैतडी ४ सहित ६ जनालाई सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएको छ। 

    उनीहरुले कोरोनालाई नजिते पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। 

    लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।  

    सूचना अधिकारी श्रेष्ठका अनुसार बैतडीको शिवनाथ गाउँपालिका १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका २ का २० र २२ वर्षीय पुरुष, अछाम मल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिकालाई डिस्चार्ज गरिएको हो। 

    चिकित्सकको आवश्यक निर्देशनसहित डिस्चार्ज गरिएको बताइएको छ। अब सेती प्रादेशिक अस्पतालमा २० जना संक्रमित डिस्चार्ज हुन बाँकी छन्। बैतडीका ६ संक्रमितमध्ये १ जना यसअघि बुधबार कोरोना जितेर जिल्ला अस्पताल बैतडीबाट डिस्चार्ज भएका थिए।

    १ जनालाई भने पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ । भारतबाट फर्किएका शिवनाथ ती ४ जनामा यही जेठ १० गते कोरोना पुष्टि भएको थियो ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]