राजनीति

सरिता गिरीको आक्रोश : मविरुद्ध बोल्ने सांसदको भनाइ रेकर्डबाट हटाउनू

आफूविरुद्धको भनाइ रेकर्डबाट हटाउन आग्रह

जेठ २३, २०७७

    काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरीलेले सांसदबाट आफ्नाविरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएकी छन्।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमासमय मागेर बोल्दै उहाँले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्य (गंगा चौधरी) ले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग गराएकी हुन्।

    उहाँले मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै उक्त मन्तव्य संसदीय रेकर्डबाट हटाउन पनि सभामुखको ध्यानाकर्षण गराइन्। 

    उनले उक्त अभिव्यक्तिलाई आधार मानेर कानुनी कारवाही अघि बढाउन सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराइन्। गिरीले नाम उल्लेख नगरिकन ती सांसद (गंगा चौधरी) ले दिएको अभिव्यक्तिलाई 'घृणाको मन्तव्य' को संज्ञा दिएकी छन्। 

    'जेठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिए। मेरो अनुपस्थितिमा संसदका एक माननीयजीले जुन मन्तव्य दिनुभयो, त्यसलाई घृणाका मन्तव्य भनिन्छ', उनले भनिन्, 'अंग्रेजीमा यसलाई हेटस्पिच भनिन्छ। किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो। उहाँले मेरो पदको मर्यादा नभएको भए भौतिक रुपमै आर्कमण*** गर्न सक्थेँ। भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको भन्‍नुभयो। म त्यस्तो भाषा प्रयोग गर्दिनँ। म प्रेमपूर्ण ढंगले आफ्नो भनाई राख्छु।'

    उनले आफूविरुद्ध दिइएको मन्तव्य रेकर्डबाट हटाउन पनि आग्रह गरिन्। 'म प्रेम, सद्‍भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानुन अनुसार हेट स्पीच कानुनी कारवाहीका लागि पर्याप्त हुन्छ', उनले भनिन्, 'त्यसैले कानुनी प्रक्रिया अघि बढाउन म सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु।'

    गिरीले चाँदीको चम्चामा कसैले सभासद् पद नदिएको भन्दै सबैले आ-आफ्नो पदीय मर्यादामा रहेर अरुसंग पनि मर्यादित व्यवहार गर्नुपर्ने बताइन्। 

    **यसअघि प्रकाशित समाचारमा सांसद गिरीको भनिएको कोट अन्यथा पर्न गएकाले सच्याएका छौं। -सम्पादक

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]