स्थानीय निर्वाचन-२०७९

कपिलवस्तुमा फेरि थपिए ४४ संक्रमित, संख्या ४ सय ७५ पुग्याे

यशाेधरामा देशकै सबैभन्दा धेरै काेराेना संक्रमण भेटिए

जेठ २३, २०७७

    कपिलवस्तु। जिल्लामा ४४ जना कोरोना संक्रमित थप भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार दिउँसो महाराजगन्ज नगरपालिकामा १५ पुरुष र यशोधरा गाउँपालिकामा २९ पुरुषमा कोरोना संक्रमण देखिएको हो। 

    यशोधरा गाउँपालिकामा ८ महिनाको बालकमा पनि कोरोना संक्रमण भएको फोकल पर्सन कुमार थापाले बताए। यो सँगै जिल्लामा कुल ४ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ। देशको सबैभन्दा बढी संक्रमण भएको जिल्ला कपिलवस्तु बनेको छ। 

    यशोधरा गाउँपालिकामा १ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ।  यो थप भएसँगै यशोधरा नेपालको सबैभन्दा बढी संक्रमण भएको स्थानीय तह बनेको छ। 

    यसै गरी महाराजगन्ज नगरपालिकामा ६५ जना, मायादेवी गाउँपालिका ५३ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिकामा ४८ जना, शुद्धोधन गाउँपालिकामा ३० जना, कपिलवस्तु नगरपालिका २९ जना, बुद्धभूमि नगरपालिका २५ जना, बाणगंगा नगरपालिकामा २२ र विजयनगर गाउँपालिकामा १६ जनामा संक्रमण भएको पुष्टि भएको छ। संक्रमित मध्ये ३२ जना महिला रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]