समाज

एम्बुलेन्समा सवार नक्कली बिरामी ब्राउन सुगरसहित पक्राउ

जेठ २३, २०७७

    दाङ :  दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एम्बुलेन्स र  ३ जनालाई नियन्त्रणमा लिएको छ। 

    बाँकेको कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १च ३८९ नम्बरको तुलसीपुर उद्योग वाणिज्य संघद्वारा संचालित एम्बुलेन्सलाई तुलसीपुर-अमिलिया सडकको दमारगाउँमा बिहीबार राति चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेलाको हो।

    त्यसपछि एम्बुलेन्ससहित ३ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका-६ का २१ वर्षीय तिलक विक, घोराही-१५ बडहराका २३ का वर्षीय शंकर घाँड भन्‍ने शंकर पुन र तुलसीपुर-५ की  १८ वर्षीया दीपा थापा रहेको  प्रहरीले जनाएको छ ।

    एम्बुलेन्समा सवार पुनलाई सोधपुछ गर्दा नक्कली बिरामी भएको खुलेको थियो। उनलाई चेकजाँच गर्दा १६ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला परेको ईप्रका तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। 

    उक्त घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तुलसीपुर उद्योग वाणिज्य संघको एम्बुलेन्स लागुऔषध सहित पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

    संघका अध्यक्ष वीरबहादुर रावतले संस्थाले जिम्मा दिएको व्यक्तिले गलत ढंगले एम्बुलेन्स प्रयोग गर्दा बदनामी भएकोप्रति दुःख व्यक्त गरेका छन्। ‘जनताको सेवा र सुविधाका लागि हामीले एम्बुलेन्स सञ्चालन गरेका हौं,’ उनले  भने,‘यसमा कसैले गलत प्रयोग गरेर हाम्रो बदनामी गरेको छ। यो घटनाको सत्यतथ्य पत्ता लगाएर सार्वजनिक गर्न प्रशासन समक्ष अनुरोध गर्दछौं।’ 

    संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा रहेको एम्बुलेन्समा नक्कली बिरामी बनेर लागुऔषध ओसारपसार गरिएको घटनाले गम्भीर बनाएको पनि उनले बताएका छन्।

विकास डाँगी

डाँगी थाहा खबरका दाङ समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]