प्रवास

विदेशमै अड्कियो १५३ जना नेपाली कामदारको शव

परिवारले सहमति जनाएपछि ८५ वटा शवको उतै अन्त्येष्टि

जेठ २४, २०७७

    काठमाडौं : वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १५३ जना नेपाली कामदारको शव विदेशमै रोकिएको छ। कोरोना महामारी नियन्त्रणका गर्न लगाइएको लकडाउनका कारण विदेशबाट कामदारको शव ल्याउन सकस परेको हो।

    मलेसिया, खाडी मुलुक, युरोप तथा अमेरिकामा ज्यान गुमाएका १ सय ५३ जना नेपालीको शव अहिलेसम्म ल्याउन सकिएको छैन। वैदेशिक रोजगार बोर्डका अनुसार मलेसियामा ४७, साउदी अरबमा ४५, कतारमा २७, युएइमा १३, कुवेतमा ११, बहराइनमा  ५, ओमनमा १ र अन्य मुलुकमा चार नेपालीको शव रोकिएको छ।

    साउदी अरबमा सबैभन्दा बढी नेपाली कामदारको मृत्यु भएको तथ्यांक छ। यसबीचमा त्यहाँ ५७ पुरुष र १ जना महिला गरेर ५८, युएइमा ५१ पुरुष र ४ महिला, मलेसियामा ५२ पुरुष, कतारमा ३६ पुरुष र १ महिला, कुवेतमा ६ पुरुष र ५ महिला, बहराइनमा ७ पुरुष, दक्षिण कोरिया ५ पुरुष, ओमनमा १ पुरुष र अन्य मुलुकमा ११ पुरुष र १ महिलाको मृत्यु भएको छ।

    त्यसैगरी, अनौपचारिक स्रोतबाट बोर्डले संकलन गरेको तथ्यांकअनुसार सेसेल्समा १, टर्कीमा १, अमेरिकामा २, बंगलादेशमा १, थाइल्याण्डमा १, कम्बोडियामा १, साइप्रसमा १, जोर्डनमा १, जापानमा १, इराकमा १ र मंगोलियामा १ जना नेपालीको मृत्यु भएको छ। मृत्यु भएका कसैको पनि शव नेपाल ल्याउन सकिएको छैन।

    परिवारको सहमतिअनुसार हालससम्म ८५ जनाको अन्त्येष्टि सम्बन्धित मुलुकमै गरिएको छ। मलेसियामा ५, साउदी अरब १३, कतारमा १०, युएइ ४२, बहराइन २, दक्षिण कोरिया ५ र अन्य मुलुकमा ज्यान गुमाएका ८ जना प्रवासी नेपालीको विदेशमै अन्त्येष्टि गरिएको हो।

    कोरोना संक्रमणबाट विदेशमा २३ नेपाली कामदारको मृत्यु

    वैदेशिक रोजगारमा गएका २३ जना नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको बोर्डका निर्देशक राजेन्द्र श्रेष्ठले बताए। उनका अनुसार साउदीमा ९, कतारमा ४, युएईमा ९ सहित २३ नेपालीको मृत्यु भएको हो।

    कोरोना बाहेक अन्य कारणले मृत्यु भएकाहरुको शव विमान चार्टड गरेर ल्याउने व्यवस्था भएकोले सबै शव क्रमिक रुपमा ल्याउने श्रेष्ठले जानकारी दिए। मृतकको घरसम्म शव पुर्‍याउनका लागि वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने पनि उनले जानकारी दिए।

    उनले भने, ’शवलाई मृतकको घरसम्म  पुर्‍याउनको लागि  सवारी साधनको व्यवस्था गरेका छौं। यस्तो काममा बोर्डले पहिलेदेखि नै समन्वय गरी नि:शुल्क सेवा दिँदै आएको छ।'

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]