स्थानीय निर्वाचन-२०७९

निको नहुँदै डिस्चार्ज, ५ घण्टापछि फेरि अस्पतालमै

अलपत्र परे, सम्बन्धित पालिकाले लगेनन्

जेठ २३, २०७७

    बैतडी : कोरोना पुष्टि भएर जेठ १० गतेदेखि सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा रहेका ६ जनालाई शुक्रवार दिउँसो अस्पतालले डिस्चार्ज गर्‍यो। तर डिस्चार्ज गरेको ५ घण्टामै उनीहरुलाई फेरि अस्पतालमा राखिएको छ। 

    आज दिउँसो २ बजे डिस्चार्ज भएका बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ बर्षीय बालिकालाई फेरि अस्पतालमा राखिएको हो। 

    कोरोना निको नभए पनि नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको थियो।तर डिस्चार्ज गरिसकेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा उनीहरु अलपत्र परेपछि  बेलुका ७ बजे अस्पतालमा राखिएको सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले बताउनुभयो। 

    शर्माका अनुसार  सम्बन्धित जिल्लासम्म पुगाउने व्यवस्था नभएपछि उनीहरुलाई फेरि प्री–आइसोलेसनमा राखिएका छन्।‘बिरामीका सम्बन्धित पालिकासँग छलफल गरेका छौँ,’ डाक्टर शर्माले भने, ‘सम्बन्धित पालिकाले गाडीको व्यवस्था नगर्दासम्म उनीहरुलाई प्री–आइसोलेसन राखेका छौ।’

    ६ जना संक्रमितले कोरोना नजिते पनि स्वास्थ्य मन्त्रालयले भर्खरै जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको थियो।लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको छ। 

    यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो।तर स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि लक्षण नदेखिएका संक्रमितलाई डिस्चार्ज गर्न थालिएको छ। 

    डिस्चार्ज गरिएका संक्रमितका सम्बन्धित स्थानीय तहसँग समन्वय नगरि यसरी डिस्चार्ज गर्दा झनै जोखिम बढ्ने चिन्ता पनि बढेको छ। 

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]