स्याङजा : स्याङजामा शनिबार थप १० जनामा संक्रमण देखिएको छ। योसँगै जिल्लामा संक्रमण हुनेको संख्या २३ पुगेको छ।
वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका आठ र हरिनाश गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
उनीहरुलाई हेलु स्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिने तयारी छ। योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ७५ पुगेको छ। यसअघिका संक्रमित एक महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। अन्य छजनालाइ कालिका सामुदायिक अस्पताल र छजनालाई जिल्ला अस्पताल राखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।