राजनीति

'कम्युनिष्टको सरकारसँग गरिबको उत्थान गर्न के कार्यक्रम छ?'

जेठ २४, २०७७

    काठमाडौं : सांसद लक्ष्मणलाल कर्णले अहिलेको सरकारसँग गरिब किसानको उत्थान गर्न केके कार्यक्रम छ जानकारी दिन माग गरेका छन्। आजको संसद बैठकमा बोल्दै सांसद कर्णले सरकारले ल्याएको बजेट परम्परागत भएको पनि आरोप लगाए। 

    ‘सरकारले गरिब किसालाई के दिने भएको छ? आज किसानले मल, बीउ पाइराख्या छैन। त्यसै खेती गर भनेर हुन्छ? त्यो खेतीबाट उत्पादन कति हुन्छ? सरकारले आजसम्म कहाँ कहाँ पसल खोलेको छ किसानको उत्पादन खरिद गर्न?,’ कृषि मन्त्रीलाई प्रश्न गर्दै उनले भने, ‘मोल तोकेर हुन्छ? अनि यो कम्युनिष्टको सरकार। गरिबको उत्थान गर्न केके कार्यक्रम छन त्यो भन्नुपर्याे ।’ 

    उनले वीरगञ्‍ज चीनी उद्योग र कृषि औजार उद्योग तत्कालै चलाउन पनि सरकारसँग माग गरे। उनले अहिलेको बजेटमा सन्तुष्ट हुने ठाउँ नरहेको पनि बताए। 
    ‘बजेटलाई हेर्दा घरमा पूजा गर्दा बिरालो बाँधेर गर्ने भन्ने बाहेक केही भएको छैन,’ उनले भने, ‘देशमा यस्तो महामारी आइसक्यो। किसानहरु खान विना मरिरहेका छन। उद्योग धन्दा बन्द भइसके बजेटमा त्यही परम्परागत छ।’ 

    महामारीको प्रभाव मानिसको जीवनमा विरामीको माध्यमबाट मात्र नपरेको र उसको सारा कारोबारमा पनि गरेको उनलेब ताए। ‘जनताको सारा कारोबारमा परेको छ। यसको उत्थान कसरी गर्ने बजेटले बाटो दिएको छ ?’ उनले भने। उनले व्यापारी, उद्योगी र कृषकलाई राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरे। ‘आज साना व्यापारीले आफ्नो पैसाले व्यापार गरेको छ। तर, बैंकबाट लिएको छ। 

    व्यापारीहरुको व्याजमा सहुलित दिनुपर्ने थियो, विजुलीमा सहुलियत दिने, पछि ऋण लिने व्यवस्था गर्नुपर्ने थियो,’ उनले भने, ‘उद्योग खोल्ने भनेको छ। किन खोल्ने उद्योग। उत्पादन होला भोली कल्ले खरिद गर्ने ?’  बजेट समानुपातिक नभएको पनि उनको दाबी छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]