फिचर : फोटो फिचर

कोशी ब्यारेज : नेपालले भोगिरहेको भारतको दु:ख (फोटो फिचर)

जेठ २५, २०७७

    कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो। यो बाँध नेपाल-भारत सीमाक्षेत्र नजिकको हनुमाननगरबाट डेढ कोश उत्तरतर्फ बनाइएको छ।  

    कोशी नदीलाई 'बिहारको दु:ख' पनि भनिन्छ। कोशी नदी प्राकृतिक बहावमा रहँदा भारतको विहारमा बर्खायामका बेला निकै फराकिलो क्षेत्रमा फिँजाएर बग्ने गर्थ्यो। तर नेपालको कोशी नदीबाट हुने प्रकोपबाट बच्न भारतले सन् १९५४ अप्रिल २५ का दिन नेपाललाई कोशी सन्धिमा हस्ताक्षर गरायो। नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला नेतृत्वको तत्कालिन सरकारले यो सम्झौतामा हस्ताक्षर गरेको थियो।

    सन् १९५८ देखि सन् १९६२ को बीचमा बनाइएको यो बाँध नेपालमा रहेपनि सम्झौता अनुरूप सय वर्षसम्म भारतको नियन्त्रणमा रहने बताइन्छ। यस बाँधमा ५६ ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ। खासगरी यसको अधिकार भारतीय अधिकारीहरुसँग भएकाले नेपालले चाहेर पनि आफुले चाहेका बेलामा खोल्न वा बन्द गर्न सक्दैन। ठूलो बाढीपहिरो आउँदा र नेपाली भुमी डुबानमा पर्दा पनि आफ्नै भूमिमा बनाइएको बाँध खोल्न नेपालले सक्दैन। भारतीय पक्षलाई सुचना दिएर मात्र खोल्नुपर्छ। बाँध खोल्न भारतले अटेरी गरिदिँदा पटक-पटक नेपालले ठूलो क्षति ब्यहोर्नुपरेको छ।

    कोशी ब्यारेज क्षेत्र पुग्दा भारतको फाइदाका लागि आफ्नै भूमी र प्राकृतिक स्रोत यो हदसम्म दुरुपयोग गरियो होला भन्ने प्रश्नले बारम्बार उद्वेलित बनाइरहन्छ। भारतले आफ्नो दुनो सोझाएर नेपालीको खेतिपाती नष्ट गरिदिँदा नेपाली किसानका आँखामा आँशुले भरिने गर्छन्‌, तर यो जान्दाजान्दै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसिरहेको किसानहरू बताउँछन्‌।

    दैनिक हजारौं सवारीसाधन हुने कोशी पुल यतिखेर भने कोरोना महामारी नियनत्र्णका लागि लगाइएको लकडाउनका कारण सुनसान देखिएको छ।

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]