स्थानीय निर्वाचन-२०७९

मृत्यु भइसकेका अर्का व्यक्तिको पनि कोरोना रिपोर्ट पोजेटिभ

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुग्यो

फाइल फोटो
जेठ २४, २०७७

    काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको छ।

    जेठ २० गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ थापागाउँका ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

    मृत्यु भएकै दिन स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा आज विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष नरासिं रोकायले जानकारी दिए।

    दमको रोगी रहेका उनी सुर्खेत बसेर उपचार गराइरहेका थिए। जेठ १८ गते गाउँ फर्किएपछि उनलाई होम क्वारेन्टाइनमै राखिएको थियो। स्वास्थ्य थप जटिल बनेपछि जेठ २० गते उनको घरमै मृत्यु भएको थियो। उनको त्यही दिन स्वाब संकलन गरी दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे औपचारिक पुष्टि गर्न बाँकी छ।

    यसअघि जेठ २० गते पाल्पाको मिसन अस्पतालमा पूर्वखोला गाउँपालिका घर भई भारतबाट आएका ४५ वर्षीय पुरुषको ज्यान गएको थियो। उनको ज्यान गएपछि मात्रै कोरोना संक्रमित रहेको पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]