डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमित काठमाडौं रेफर गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उप-महानगरपालिका ५ का ५१ वर्षीय कोरोना संक्रमितलाई काठमाडौं पठाइएको हो।
ती पुरुषलाई गएराति साढे १० बजेतिर अन्यत्र रेफर गरिएको अस्पालका सूचना अधिकारी दिपिलकुमार श्रेष्ठले जानकारी दिएका छन्।
‘उहाँलाई हामीले अन्यत्र जानु भनेर पठाएको हौं। उहाँको मृगौलामा समस्या थियो, निमोनिया पनि थियो,’ श्रेष्ठले भने, ‘सेती अस्पताल लेवल–२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल–३ को अस्पतालमा जान भनेर पठाएका हौं। कोहलपुरमा पनि लेवल-३ अस्पताल छ तर उहाँहरु काठमाडौं नै जानुभएको छ।’ उनका अनुसार उनी एम्बुलेन्समाफर्त काठमाडौं गएका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।