राजनीति

'हरियो वन, तस्करको धन' भइसक्यो : सांसद गंगा चौधरी

फाइल फाेटाे
जेठ २४, २०७७

    काठमाडौं : सांसद गंगा चौधरीले नेपालको वन तस्करको धन भइसकेको बताएकी छन्। उनले वैज्ञानीक वन विकासको नाममा वन विनाश भइरहेको उनको भनाइ छ। आजको संसद बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्दै सांसद चौधरीले भनिन्, ‘हरियो वन तस्करको धन भइसक्यो। वैज्ञानीक वनको नाममा वन विनाश गरिँदै छ। यो यथाशीघ्र रोकिनुपर्छ।’ 

    उनले कृषिको बजेट कनिका छरेझैँ छरिएको आरोप लगाउँदै एकिकृत गर्न कृषि मन्त्री घनश्याम भुषाललाई सुझाव दिइन्। 
    ‘हाम्रो  देश कृषि प्रधान देश हो। हामी हाम्रो देश, नेपाल सरकार, अर्थमन्त्रालय, कृषि मन्त्रालयको पोलिसी बन्नु पर्यो,’ उनले भनिन्, ‘कृषिको बजेट कनिका छरेझैँ । कनिका छरेर कुनै उपलब्धी हुँदैन। एकिकृत गरौँ।’ 

    कृषिमा आत्मनिर्भर गरिरहेको बेला किसानले मल नपाएको कुरा पनि उनले उठाइन। हामी परनिर्भर छौँ। हामी आत्म निर्भरको कुरा गरिरहेका छौँ। किसानले मल पाएका छैनन् युरिया, डिएपी मल उत्पादन गर्ने उद्योग खोलौँ,’ उनले भनिन्। उनले कृषिमा रैथाने बिऊ जोगाउने नीति सरकारले ल्याउनुपर्ने पनि बताइन। सरकारले कृषकले उत्पादन गरेको बस्तुको बजारको व्यवस्था गर्नुपर्ने उनको भनाई छ। 

    ‘अब विदेशबाट लाखौँ श्रम शक्ति पुन नेपाल नै फर्कँदैछ। उनीहरुलाई कषिमा कसरी जोड्ने?’ उनले भनिन्, ‘उत्पादन गरेको बस्तुको बजारको व्यवस्था गरौँ। कुहिएर फाल्नु पर्ने अवस्था छ।’ उनले स्वास्थ्य मन्त्रालयलाई तराइका थारुहरु लाग्ने शिकलसेल एनिमिया रोगको लागि तत्काल बजेट छुट्याउन पनि सुझाब दिइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]