समाज

मनाङमा देखिन थाले लोपोन्मुख गिद्ध

जेठ २४, २०७७

    मनाङ : प्रकृतिको कुचिकारको रुपमा लिइने लोपोन्मुख सेतो हिमाली गिद्ध मनाङमा देखा पर्न थालेको छ। प्रकृतिकै धार्मिक एवं संस्कृतिक रुपमा महत्वपूर्ण मानिएको गिद्धले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्दछ। लामो समयको बन्दाबन्दीका कराण वातावरणमा देखा परेको परिवर्तनसँगै यो जातका गिद्धहरु आहाराको खोजीमा मनाङको यस स्थानमा आइपुगेको विज्ञहरु बताउँछन्।

    खास गरी सिनो खाने जातका चराहरु पछिल्लो समय पशुचौपायहरुको उपचारमा प्रयोग हुने विभिन्न किसिमका औषधीहरुका कारण पनि लोप हुदै जान थालेका हुन्। डाईक्लोफिनाक लगायतका कडा जातका औषधीको प्रयोग गरेर पशुचौपाय बिरामी पर्दाको समयमा उपचार  गर्ने गरेको र मरेपछि त्यस्ता सिनो खादा गिद्ध लोप हुँदै गएको पशु विज्ञहरुको भनाई छ।

    यति मात्र नभई पर्यावरणीय दृष्टिबाट पनि गिद्धको महत्व ठूलो रहेको छ। जसले वतावरणमा रहेका विकारका पदार्थ सिनो खाएर सरसफाईमा समेत टेवा पुर्‍याउने गर्दछ। गिद्धको हुने क्षेत्रमा मुसा, स्याल जस्ता जनावरहरुलाई समेत सन्तुलित बनाई त्यसबाट मानव स्वास्थ्यमा आईलाग्ने रोगहरुलाई बचाउने गर्दछ। यदि यसको संरक्षण नगर्ने हो भने मरेका जनावारहरुबाट निस्केका फोहोरबाट मानिसमा लाग्न सक्ने धेरै प्रकारका रोगहरुको संक्रमण विकास हुने विज्ञहरुको दाबी छ।

    बढ्दो वैज्ञानिक युगसँगै किसानहरुको घरपालुवा चौपायाहरु बिरामी परेको अवस्थामा उपचारको क्रममा डिक्लोफिनायकलगायत एनएसएआईडी जस्ता औषधीको प्रयोग गरी उपचार गर्दा गिद्ध लोप हुनुको मुख्य कारण भएको विज्ञहरुको बुझाई छ। यस्ता औषधीको प्रयोग गरी उपचार गरेका गाईवस्तुहरु एक÷दुई हप्ता नबित्दै मरेको खण्डमा त्यसरी मरेका गाईवस्तुहरुको सिनो खाएपछि गिद्ध नै मर्ने र अन्यत्र सर्ने गर्दछन्। जसले गर्दा यसको संख्यामा घटेर गिद्ध लोप हुँदै गएको हो।

    यसैगरी, गिद्धलाई आहाराको कमी हुनुका साथै यसलाई बसोबास र बच्चा उत्पादनका लागि आवश्यक पर्ने वनजङ्गलमा आवश्यक पर्ने सिमलका रुखहरुको मासिनुले पनि यिनीहरु बसाई सर्ने गर्दछन्। वनजङ्गलमा अग्ला सिमलको रुखमा गिद्धले गुड लगाउन नपाउने र यसको बासस्थान कमी भएपछि बसाइँ सर्नाले पनि यो चरा लोप हुँदै गएको यससम्बन्धी अध्यायनकर्ताको भनाई छ। विश्वमा पाइने २३ प्रजातिका गिद्ध पाइने भएपनि  नेपालमा नौ प्रजातिको गिद्ध पाइन्छ। खौरो गिद्धबाहेक अन्य आठ प्रकारका गिद्धहरु भने नेपालमा पनि लोपोन्मुखको सूचीमा राखेको छ।

    आजकाल भने हिमाली प्रजातिका गिद्धहरु करिब एक सयको संख्यामा एउटै समुहमा आहारको खोजी गर्दै आउन थालेका समूहमा भेटिने गरेको छ। नेपाललाई सबैभन्दा धेरै प्रजातिको गिद्ध एकै स्थानमा पाउने मुलुकको सूचीमा समेटिएको छ भने एसियामा १६ प्रजातिको र उत्तर र दक्षिण अमेरिकामा सात प्रजातिको गिद्धहरु पाइन्छन्। भेटिएका मध्ये अधिकांश पाँच वर्ष मुनिको रहेको चरा विज्ञ हेम सागर बरालको भनाई छ। गिद्धको सरदर आयु ५० वर्षको हुने विज्ञ बराल बताउँछन्।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]