समाज

गुल्मीका क्‍वारेन्टाइनमा बसेकालाई सकारात्मक सोचको तालिम

जेठ २४, २०७७

    गुल्मी : पछिल्लो समय क्‍वारेन्टाइनभित्रै आत्महत्या हुन थालेपछि त्यसलाई न्यूनीकरण गर्न गुल्मीमा मनोवैज्ञानिक तालिम दिन सुरु गरिएको छ। 

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मी र धुर्कोट उपशाखाको आयोजनामा धुर्कोट गाउँपालिका ४ जैसीथोक र ५ वस्तुमा क्‍वारेन्टाइनमा रहेकालाई यसबारे तालिम दिन थालिएको जिल्ला रेडक्रस सोसाइटी गुल्मीका उपसभापति कृष्णप्रसाद भण्डारीले बताए। 

    सकारात्मक सोचको विकास, खालि समयको सदुपयोग तरिका, क्‍वारेन्टाइनमा सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायबारे सिकाइएको उनले बताए। 

    त्यस्तै कोरोनाका सम्बन्धमा आएका भ्रमपूर्ण कुरा र सावधान रहने उपाय, मनोवैज्ञानिक असरलाई कम गर्ने उपाय, योगा, यसको महत्वलगायत विषयमा तालिम प्रदान गरिएको पाञ्चायन माविमा प्रशिक्षकको भमिका निर्वाह गरेका ऋणिराम पाण्डेयले जानकारी दिए।

    ‘आपतकालीन स्वास्थ्य प्रतिकार्य योजना २०७५’ अनुसार समुदायमा आधारित मनोवैज्ञानिक सहयोगसम्बन्धी प्रशिक्षण लिएका रेडक्रस स्वयंसेवकबाट गाउँपालिकाभरिका क्‍वारेन्टाइनमा रहेकालाई उक्त तालिम दिन थालिएको तालिमका भण्डारीले जानकारी दिए। 

    ‘मनोसामाजिक सहयोग प्रशिक्षण’ सम्बन्धी सुरक्षा अपनाएर क्‍वारेन्टाइनमा रहेका तथा जोखिम समुदायका नागरिकलाई कोरोना भाइरस रोकथाम गर्न तालिम प्रदान गरिने भण्डारीले जानकारी दिए। यस कार्यका लागि रेडक्रस सोसाइटीले सबै वडामा तालिमप्राप्त स्वयम्सेवकको व्यवस्था गरेको छ।  

    धुर्कोट गाउँपालिकाका विभिन्न स्थानमा गरी ४ सय ४९ जना क्‍वारेन्टाइनमा रहेका छन्। केही दिनअघि गुल्मीको छत्रकोट गाउँपालिकाको क्‍वारेन्टाइनमा बसेका एक जना पूरुषले आत्महत्या गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]