समाज

नेगेटिभ रिपोर्ट नपठाइदिँदा सल्यानमा क्‍वारेन्टाइन व्यवस्थापनमा सकस

दुई हजारभन्दा बढीको स्वाब रिपाेर्ट आउन बाँकी

फाइल तस्बिर
जेठ २४, २०७७

    सल्यान : प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुुर्खेतले पिसिआर नेगेटिभ विवरण नपठाउँदा क्‍वारेन्टाइनमा बसेकाकाे व्यवस्थापन गर्न थप सकस भएको बताएको छ। 

    मन्त्रालयले स्वाब परीक्षणपछि नेगेटिभ आउनेको विवरण नपठाउँदा क्वारेनटाइन व्यवस्थापनमा समस्या भइरहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। पोजेटिभको मात्र विवरण पठाउँदा क्वारेनटाइनमा बसिरहेकालाई थप सास्ती भएको र पालिकाहरुलाई पनि थप सकस भइरहेको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए। 

    जसका कारण क्वारेनटाइनमा कोचाकोच गरी मानिस राख्नुपर्ने बाध्यता भएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले बताए। उनले भने, ‘परीक्षण भएका र नभएका एकै ठाउँमा राख्दा झनै जोखिम बढेको छ।’ 

    स्वास्थ्य महाशाखाले पोजेटिभसँगै नेगेटिभको पनि विवरण उपलब्ध गराए १४ दिन पूरा गरेका नागरिकलाई होम क्वारेनटाइनमा पठाउन सहज हुने त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए। 

    उनले भने, ‘स्वाब संकलन भएको एक हप्तामा पनि रिपाेर्ट नआउने, रिपाेर्टमा पोजेटिभ तथा नेगेटिभबारे विवरण नपठाउँदा जोखिम झनै बढेको छ।’

    दुई हजार बढीको स्वाब रिपाेर्ट आउन बाँकी 

    सल्यानमा शुक्रबारसम्म दुई हजार तीन सय २७ जनाको स्वाब संकलन गरिएको छ। जसमा दुई हजारको रिपाेर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। हालसम्म बनगाड कुपिण्डेमा ४२ जना, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा १ गरी ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ। 

    कोरोना पाजेटिभ देखिएका १३ जनाको सुर्खेत प्रदेश अस्पतालमा,  १२ जनाको सल्यान अस्पतालमा र बाँकी २९  जना सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]