राजनीति

अहिलेकाे बजेट पञ्‍चायतकालकाे निरन्तरता मात्र भयाे : सांसद थापा

जेठ २४, २०७७

    काठमाडाैं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पञ्चायतकालमा बजेट निर्माण भएजसरी बहुदलीय कालमा भएको र त्यसैको निरन्तरता गणतन्त्रमा पनि रहेको बताएका छन्। 

    प्रतिनिधिसभाको शनिबारको बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलको क्रममा उनले यस्तो बताएका हुन्। 

    बजेट निर्माणमा संसदको, विधायकको विचार र धारणाको विषयमा कहिले पनि छलफल नभएको उनले आरोप लगाए। ‘बजेट निर्माणमा संसदको भुमिका के, विधायकको भूमिका के, हामीले बोक्ने विचारधारको भूमिका के, हाम्रो घोषणा प्रतिको अर्थ र सम्बन्ध के रहन्छ ? हामीले कहिल्यै छलफल ग¥यौं गरेनौं ? हामी पनि ता दौडियौं, कहिलो चुरोटको खोलको चिरकटमा योजना लेखेर मन्त्रीको ढोकामा पुग्यौं, कहिले आफ्नो लेटर प्याडमा लेखेर पुग्यौं, प्रधानमन्त्री त पुग्नुभयो, दौडिएर पुग्यौं’, उनले भने, ‘पहिलाको भन्दा स्थिति झन बिग्रियो। ’

    सांसद थापाले स्थानीय पूर्वाधार कोषको नामबाट वडाध्यक्ष जस्तो पैसा लिन थालेदेखि स्थिति बिग्रिएको बताए। कोषलाई यो पटकको बजेटबाट हटाउन  सरकारलाई भन्ने आँट गर्नुपर्ने उनले धारणा राखे। 

    स्रोत अभावले मात्रै स्वास्थ्य सेवामा आजको अवस्था नआएको उनको भनाइ थियो। गत वर्ष बजेटमा गरिएका बाचा कुनै पनि पुरा नभएको उनले बताए। आधारभूत स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य सेवा, विशिष्टकृत स्वास्थ्य सेवा, स्वास्थ्य बीमा बारे गरिएका बाचा पूरा नभएको तर्फ सांसद थापाले इंगित गरे। 

    ‘अहिले सरकारले २४ वटा प्रयोगशाला बनाएको दाबी गरेको छ, सरकारले जम्मा पाँच वटा पिसिआर मेसिन किने छ,’ उनले थपे, ‘त्यस्तै सरकारले जम्मा २५ हजार पिसिआर किट किनेको र बाँकी सबै उपहार र दानमा पाएको हो,’ स्वास्थ्य क्षेत्रमा सरकार अझै पनि अवधारणगत रुपमा स्पस्ट हुन नसकेको उनको बुझाइ थियो। 

    सरकारले स्वास्थ्य बीमाको विषयमा अझै काम गर्न नसकेको उनले आरोप लगाए। अहिलेसम्म गरेको बजेट विनियोजनमा ल्याइएको बीमा कार्यक्रम बीमा नै नभएको उनको धारणा थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]