सर्लाहीमा थपिए २७ संक्रमित
जनकपुरधाम : प्रदेश २ मा शनिबार ८३ जना कोरोना संक्रमित थपिएसँगै प्रदेशभर संक्रमितकाे संख्या एक हजार नाघेको छ।
शनिबार सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सप्तरीमा ७, धनुषामा ८, महोत्तरीमा ३५, सर्लाहीमा २७ र रौतहटमा ६ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार शुक्रवार दिउंसो ४ बजेसम्म कोरोना संक्रमितको संख्या ९८१ रहेको थियो । पछिल्लो २४ घण्टामा ८३ जना थपिएसंगै प्रदेशमा कोरोना संक्रमित १ हजार ६४ पुगेको सचिव घिमिरेले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।