काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
बारा : संघीय राजधानी र तराई मधेसको बाराको निजगढलाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माण कोरोना भाइरसको संक्रमणका कारण रोकिएको छ। पहिलाे चरण पूरा गरेकाे राष्ट्रिय गौरव आयोजनाकाे बारा खण्डकाे काम भने ठप्प छ।
निजगढबाट काठमाडौंसम्म करिब एक घन्टामै पुग्ने गरी उक्त सडक निर्माण गर्न लागिएको हो। ७२.२ किलो मिटर उक्त द्रुतमार्गमा ६.४९ किलोमिटर सुरुङ मार्ग र १०.५९ किलोमिटर पुल हुन्छन्। बाँकी ५५.५ किलोमिटर भने सडक हुनेछ। आयोजनालाई तोकिएको समयमै सक्न लागि सेनाले ११ भागमा कामलाई विभाजन गरेकाे छ।
निजगढ खण्डमा बेसको काम सकिएको छ। दोस्रो चरणको काम सुरु हुन नसक्दा बर्षाले बेस बगाउन थालेको छ। सडक अन्र्तगत मोहोरी पार्क छेउको डाँडामा सुख्खा पहिरो गएर सडक नै अवरुद्ध बनेको छ। पहिरोले बकैया नदीलाई समेत साँघुरो पारेको छ।
लकडाउनका कारण काम सुस्त हुँदा निर्माणका लागि विनियोजित करिव ३ अर्ब रुपैयाँ फिर्ता भएको छ। रक्षा मन्त्रालयले चालु आर्थिक वर्षका लागि फास्ट ट्रयाकमा विनियोजन भएको रकमबाट २ अर्ब ८३ करोड ६६ लाख ५२ फिर्ता भएको हो। चालु आवमा सरकारले फास्ट ट्रयाककालागि मात्र १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।