समाज

पर्वतमा आइसाेलेसन बेड अभाव, संक्रमण बढे झेल्न मुस्किल

जेठ २४, २०७७

    पर्वत : कोभिड १९ सङ्क्रमितको उपचार गर्न तथा संक्रमितसँग लसपस गरेकालाई राख्न तयार पारिने आइसोलेसन बेड अभाव हुने पक्का छ। सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकास्थित गुप्तेश्वर बहूमुखी क्याम्पसमा स्थापना गरिएको पर्वत कोरोना अस्पताल (अस्थायी) मा २० जना राख्न सकिने क्षमता छ।

    रोजगारी सिलसिलामा भारत रहेका जिल्लावासीलाई उद्धार गरेर ल्याउने क्रम जारी छ। तर गुप्तेश्वर क्याम्पसमा रहेको २० जनाको क्षमताको आइसोलेसन अभिवृद्धि गरिएको छैन भने अन्यत्र पनि आइसोलेसन वार्ड र बेडहरू तयार पारिएका छैनन्। 

    स्वाब परीक्षणपछि कोरोना सङ्क्रमण रहेको पुष्टि भए ती व्यक्तिलाई क्वारेन्टाइनबाट निकालेर आइसोलेसनमा लैजानुपर्छ। त्यति मात्र होइन क्वारेन्टाइन बसाइ क्रममा संक्रमितसँग उठबस गरेकालाई पनि निगरानीका लागि आइसोलेसनमै  लैजानुपर्छ।

    जेठ १९ गते ५ जनामा संक्रमण रहेको पुष्टि भएको पर्वतमा जेठ २२ गते थप ४ जनामा सङ्क्रमण भेटिएको थियो। पहिलो पटक फेला परेका संक्रमितसँगको सम्पर्कमा रहेका २ जनासहित गरेर ११ जना आइसोलेसनमा रहँदा अब ९ ओटा बेड मात्रै खालि अवस्थामा छन्। 

    भारतबाट आएलगत्तै थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएका ८९ जनाभित्रका नै अहिले आइसोलेसनमा बसेका हुन्। साथै बाँकी अन्यको पनि परीक्षणका लागि स्वाब संकलनको काम भइरहेको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले बताए। 

    कोभिड १९ सङ्क्रमणको विषयमा जिल्ला कमान्ड फोर्ससँग समन्वय गर्दै आइरहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले पर्वतमा कुल २ सय २३ जना भारतबाट भित्रिएको जानकारी दिए। 

    यो तथ्या‌क हेर्ने हो भने अब १ सय ३४ जनाको रिपोर्ट आउनै बाँकी छ। जानकारीअनुसार पर्वतकै मोदी गाउँपालिकाका २० जनाको समूह भारतबाट पर्वत फर्किनका लागि हिँडिसकेको छ।

    उनीहरू पनि आइपुगेपछि पर्वतमा रिपोर्ट आउन बाँकी रहेकाको सङ्ख्या १ सय ५४ जना पुग्नेछ। ८९ जनाको समूहबाट ११ जनालाई आइसोलेसनमा लैजानुपर्दाको अनुपातलाई हेर्ने हो भने पर्वतमा अहिले रहेका आइसोलेसन बेडहरू पर्याप्त हुने छैनन्।

    यही पारिस्थितलाई मध्यनजर गरेर ओइसोलेसन बेड थप गर्ने विषयमा छलफल भइरहेको डा देवकोटा बताउँछन्।  ‘गुप्तेश्वर क्याम्पसमा २० जना राख्न सकिनेगरी बेडहरू तयार गरेर राखिएका छन्। तीमध्ये ११ ओटा प्रयोग भइसकेका छन्,’ उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा अब आइसोलेसन क्षमता बढाउनुपर्ने देखियो, अब २० बेड थप गर्नेबारे छलफल चलिरहेको छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]