काठमाडौं : नेपालका ७० जिल्लामा कोरोना संक्रमण फैलिएको छ। उता संक्रमितको संख्या पनि ३ हजार २ सय ३५ जना पुगेको छ।
शनिबार २८६ जना पुरुष र ३७ जना महिला गरी थप ३२३ जना कोरोना संक्रमित थपिएका छन्। उनीहरु पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै संक्रमित दैलेखमा फेला परेको जानकारी दिएका छन्। त्यहाँ ४७ जना संक्रमित भेटिएका छन्।
उनका अनुसार त्यसपछि कपिलवस्तुका ३९ जना, सल्यानका ३८ जना, महोत्तरीका ३५ जना, बर्दियाका २८, सर्लाहीका २७ जना, बाँकेका १२ जना, कपिलवस्तुका ११ जना तथा स्याङ्जा र सुर्खेतका १०-१० जनामा कोरोना संक्रमण पाइएको छ।
यसैगरी, धनुषाका ८ जना, सप्तरीका ७ जना, रौतहट, बझाङ र काठमाडौंका ६-६ जना, नवलपरासीका ५ जना तथा सुनसरी र जाजरकोटका ४-४ जना संक्रमित थपिएका छन्।
त्यस्तै, कास्की र रुपन्देहीका ३-३ जना, मोरङ, कञ्चनपुर र कैलालीका २-२ जना तथा सप्तरी, बाग्लुङ, सुनसरी, अछाम, डडेल्धुरा, डोल्पा, अर्घाखाची र भक्तपुरका एक-एक जनामा कोरोनाको संक्रमण पाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।