समाज

म्याग्दीका क्वारेन्टाइनमा योग प्रशिक्षण (फोटो फिचर)

जेठ २५, २०७७

    म्याग्दी : भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई बेनीमा योग प्रशिक्षण सञ्चालन गरिएको छ। बेनीको न्यु वेष्ट पोइन्ट र म्याग्दी बहुमुखी क्याम्पसमा बसेकाहरुलाई योग प्रशिक्षण दिन थालिएको हो। 

    बेनी नगरपालिका र नवीन आनन्द योग केन्द्रले दैनिक एक घण्टा योग प्रशिक्षण दिँदै आएको छ। मानसिक तनावबाट मुक्ति र शारीरिक स्फुर्तिका लागि योग सिकाउन थालिएको नवीन आनन्द योग केन्द्रका अध्यक्ष नवीन जुग्जालीले  बताए। 

    ‘योगले मानिसलाई स्वस्थ बनाउनुका साथै रोगसँग लड्ने क्षमता समेत बढाउँछ,’ उनले भने, ‘क्वारेन्टाइनमा बसेकाहरुलाई आत्मबल बढाउन, निराशा र आलस्यता हटाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं।’ 

    अध्यक्ष जुग्जालीले योग सिकाउने गरेका छन्। सामाजिक दूरी कायम गरेर योग सिकाइएको छ। कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रसँगको समन्वयमा योग प्रशिक्षण चलाइएको हो। 

    प्रशिक्षणमा नाचगान गराउनुका साथै विभिन्न विधाका योग गर्न सिकाउने गरिएको छ। स्वस्थ खानपान र जीवनशैली अपनाउन आग्रह गरिएको छ। बेनीका क्वारेन्टिनमा भारतबाट आएका १३० जनालाई राखिएको छ। 

    उनीहरुलाई म्याग्दी पुस्तकालयले अध्ययनका लागि पुस्तकहरु उपलब्ध गराएको छ। कोरोनाको जोखिम र लकडाउनका कारण भारतमा रोजीरोटी गुमेर सिमानामा आएकाहरुलाई स्थानीय तहहरुले गाडीको व्यवस्था गरेर बेनी ल्याउने क्रम जारी छ। 

    कोरोना संक्रमण पुष्टि भएका दुईजनाको खुला मञ्चस्थित शैक्षिक तालिम केन्द्रमा स्थापित आइसोलेसनमा राखेर उपचार गरिएको छ। कोरोना संक्रमितको उपचारमा आयुर्वेदिक औषधि प्रयोग गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मधुकरजी ढकालले बताए।

ध्रुवसागर शर्मा

शर्मा थाहा खबरका म्याग्दी समाचारदाता हुन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]