स्थानीय निर्वाचन-२०७९

दक्षिण एसियामा अहिलेसम्म चार लाख ३० हजार संक्रमित फेला

ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो, अन्यत्रभन्दा भारतमा बढी क्षति

जेठ २५, २०७७

    काठमाडौं : दक्षिण एसियाका आठ मुलुकमा अहिलेसम्म चार लाख ३० हजार १८० जना कोरोना संक्रमित फेला परेका छन्‌। भेटिएका संक्रमितमध्ये अहिलेसम्म १० हजार ८६ जनाको ज्यान गइसकेको छ। 

    जारी महामारीबाट दक्षिण एसियामा भारत सबैभन्दा नराम्ररी प्रभावित भएको छ। जोन होप्किन्स विश्वविद्यालयले अध्यावधिक गरेको तथ्यांकअनुसार अहिलेसम्म भारतमा दुई लाख ४६ हजार ६२२ जना संक्रमित भेटिएका छन्‌। ६ हजार नौ सय ४६ जना संक्रमितको मृत्यु भएको छ। 

    भारत यतिखेर सबैभन्दा धेरै संक्रमित भेटिएका मुलुकको पाँचौं स्थानमा छ। मानवीय हताहतिको आंकडाअनुसार १२औं स्थानमा छ। इटली, स्पेन, फ्रान्स, जर्मनीजस्ता कोरोनाबाट अतिप्रभावित मुलुकहरूको भन्दा भारतको अवस्था झनै खराब छ।

    दक्षिण एसियाका अन्य मुलुकको तुलनामा भारतपछि पाकिस्तानले कोरोनाबाट बढी क्षति ब्यहोरेको छ। त्यहाँ हालसम्म ९३ हजार नौ सय ८३ संक्रमित भेटिएकामा एक हार ९३५ जनाको ज्यान गइसकेको छ। 

    बंगलादेशमा भेटिएका ६३ हजार २६ जना संक्रमितमध्ये ८४६ जनाको मृत्यु भएको छ। अफगानिस्तानमा अहिलेसम्म १९ हजार ५५१ जना संक्रमित भेटिएका छन्‌ भने ३२७ जना संक्रमितको मृत्यु भएको छ। 

    नेपाल कोरोनाबाट बढी प्रभावित दक्षिण एसियाका मुलुकको पाँचौं स्थानमा आइपुगेको छ। यहाँ हालसम्म तीन हजार २३५ जना संक्रमित फेला परेका छन्‌ भने १३ जनाको ज्यान गइसकेको छ।

    श्रीलङ्कामा एक हजार ८१४ जना संक्रमित भेटिएका छन्‌। यी मध्ये ११ जनाले ज्यान गुमाएका छन्‌। यस्तै, एक हजार ९०१ जना संक्रमित भेटिएको माल्दिभ्समा आठ जनाको मृत्यु भएको छ। 

    दक्षिण एसियाका आठ मुलुकमध्ये भुटानमा कोरोनाको प्रभाव अन्यत्रभन्दा न्यून छ। अहिलेसम्म त्यहाँ ४८ जना संक्रमित भेटिएका छन्‌। कोरोनाबाट भुटानले मानवीय हताहति ब्यहोर्नुपरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]