स्थानीय निर्वाचन-२०७९

दाङको कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

जेठ २५, २०७७

    दाङ : बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    दाङका दुई, बाँकेका पाँच, कपिलबस्तुका दुई र बर्दियाका एकजनालाई आइतबार डिस्चार्ज गरिएको अस्पतालका ब्यवस्थापन दोर्ण वलीले जानकारी दिए। दाङका दुईमध्ये घोराहीका एक र र गढवाका एकजना रहेका छन्। 

    दाङका एक, बाँकेका दुई, कपिलबस्तुका एक  र बर्दियाका एकजनाको तेस्रो रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिएको हो। अन्य पाँचजनामा अहिलेसम्म कोरोनाको लक्षण नै न नभएपछि डिस्चार्ज गरिएको हो। उपचारमा राखिएको २०÷२२ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि सरकारले गरेको परिपत्रका आधारमा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयले कोभिड–१९ केशको आइसोलेसन व्यबस्थापन सम्बन्धि निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्ने भनि उल्लेख छ। अब अस्पतालमा  ४५ जना संक्रमितको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]