राजनीति

शिक्षामन्त्रीमा राष्ट्रपतिज्यूलाई श्री ६ बनाउने रहर किन पलायो? : गगन थापा

जेठ २५, २०७७

    काठमाडौं : सांसद गगनकुमार थापाले शिक्षा मन्त्रीले अहिलेको बजेटमा कार्यक्रमहरू ल्याउँदा राष्ट्रपतिलाई श्री ६ बनाउने खालको भएको आरोप लगाएका छन्।

    संसदमा मन्त्रालयगत विनियोजनमाथिको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो बताएका हुन्। उनले कोरोनाको महामारीलाई अवसरमा बदल्न सरकार चुकेको पनि उनले बताए। 

    ‘प्रत्यक संकटसँग अवसर आएको हुन्छ। स्वास्थ्य र शिक्षासँग अवसर आएको अनुमान लगाएका थियौँ। स्वास्थ्यले त निराश बनायो नै। शिक्षाले त्योभन्दा बढी निराश बनायो,’ उनले भने, ‘शिक्षा मन्त्रालयको तर्फबाट जस्तो बजेट कार्यक्रम प्रस्तुत भएको छ यसले सांसदहरुको टिप्पणी र हैसियत पनि राख्दैन। खर्च कटौतीको प्रस्तावमा धेरै बोल्ने मन पनि छैन।’ 

    उनले अर्थमन्त्रीले अरूले आफ्नो कुरा नसुनेको भन्दै गनगन गर्दै हिँडेको पनि आरोप लगाए। ‘माननीय अर्थमन्त्री आफैँ गनगन गर्दै हिँडु्नभएको छ मेरो कुरा सुनिदिनु भएन भनेर।  हामीले माननीयज्यूलाई  भनेर के अर्थ उहाँ आफैँ पीडित हुनुहुन्छ। तर, अर्थमन्त्रीज्यूले मलाई हेप्नु भयो भन्दै गर्दा मलाई के सोध्न मन लागेको छ भने माननीय शिक्षामन्त्रीज्यूलाई सम्माननीय राष्टपतिज्यूलाई श्री ६ बनाउने रहर किन पलायो?’ 

    उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता र नेपालको व्यवस्थाविरोधी भएको पनि बताए। ‘राष्टपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले हिजो बक्सिस मारेको जस्तो राष्टपतिले खुट्टा टेकेको ठाउँमा पैसा दिने कार्यक्रम संघीयता विरोधी छ, व्यवस्था छ। यस्तो कार्यक्रम गएको वर्ष ५ अर्ब छुट्याएको ठाउँमा यो वर्ष बढाएर छ अरब बनाउने ?’ उनले भने, ‘कार्यविधि अनुसार भन्नु होला कार्यविधि हामीले पनि पढेका छौँ। एसइई खारेज गरे अघि बढ्न सुझाब दिए पनि शिक्षामन्त्रीले वास्ता नगरेको उनको भनाइ छ।  ‘एसइई खारेज गरौँ केही बोल्ड डिसिजन भनिरहँदा यही हो कार्यक्रम?’

    त्यस्तै, विद्युतिय गाडीमा कर बढाउन अर्थमन्त्रीले आफ्नो स्वार्थ हेरेको उनको आरोप छ। ‘यसमा जालझेल छलकपट त छँदै छ। त्यसको पनि हिसाब किताब गर्छाैँ,’ उनले भने, ‘नेकपा बोल्नु पर्दैन घोषणा गर्नुपर्दैन। स्वास्थ्यमन्त्रालय, उर्जा मन्त्रालय बोल्नु पर्दैन। हामी बोल्छौँ। बोल्छौँ मात्रै हैन हिसाब किताब पनि गर्छाैँ। अर्थमन्त्री जीको सानो स्वार्थका लागि स्वस्थ्य वातावरणका लागि यत्रो लामो पाइला रोक्ने ? यो फिर्ता लिइयोस सच्याइयोस।’

    भिडियो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]