स्थानीय निर्वाचन-२०७९

सुदूरपश्चिममा जनप्रतिनिधिलाई पनि देखियो कोरोना

जेठ २५, २०७७

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक जनप्रतिनिधिलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कैलालीको गोदावरी नगरपालिकामा शनिबार एक जनामा कोरोना पुष्टि भएकोमा उनी जनप्रतिनिधि रहेको खुलेको छ।

    सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

    उनी चैत ११ गतेदेखि नै नगरपालिका भित्रिने भारतबाट आएका तथा अन्य जिल्लाबाट आएकाको उद्धारमा सक्रिय थिए। उनी नगरपालिकामा बहिरबाट आउने स्थानीयहरुको सुरुका दिनदेखि नै उद्दार र व्यवस्थापनको काम गर्दै आएको थिए। तर, सुरुदेखि नै उनी आफ्नो टिमसहित अलग्गै बस्ने गरेको थिए। उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।

    उनको जेठ २० गते स्वाब संकलन गरिएको थियो। आरडिटी पोजेटिभ देखिएपछि उनलाई छुट्टै राखिएको थियो। यसअघि सुदूरपश्चिममा एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारीमा पनि कोरोना पुष्टि भइसकेको छ।

    नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै अत्यावश्यक स्वास्थ्य र सरसफाइबाहेक आइतबारदेखि सम्पूर्ण कामहरु बन्द रहने जनाएको हो।

    नगरपालिकामा पनि कोरोनाको संक्रमण बढ्दै गएकाले आइतबारदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए।

    ‘यो विषम परिस्थितिमा सबैले आ–आफ्नो ठाउँमा उच्च सतर्क रहि जिम्मेवारी बहन गरी सुरक्षित र अनुशासित रुपमा रहन हुन हार्दिक अनुरोध गरिन्छ।’ सूचनामा भनिएको छ ‘यस समयमा सबै नगरबासीको सकारात्मक साथ र सहयोगको अपेक्ष गर्दछौं।’ नगरपालिकामा शनिबार पहिलोपटक एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]