राजनीति

नेकपाले आफ्नै घोषणा बिर्सेर बजेट ल्यायाे : भीम रावल

फाइल फाेटाे
जेठ २५, २०७७

    काठमाडाैं : नेकपाका सांसद भीम रावलले नेकपाले आफ्नै घोषणा बिर्सेर बजेट ल्याएको बताएका छन्। संघीय संसदको प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।  

    आगामी तीन वर्षमा काठमाडौंमा विद्युतीय सवारीसाधन मात्रै उपभोग गर्ने नेकपाको घोषणापत्रमा उल्लेख भएको बताउँदै उनले विद्युतिय गाडीमा भन्सार बढाइएको भन्दै उनले आपत्ति जनाएका छन्। उनले भने, ‘नेकपाको घोषणापत्रको विरुद्धमा हुने गरी विद्युतीय गाडी खरिदमा किन निरुत्साहित गरियो?’  त्यस्तै उनले नेपालको राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हित प्रतिकूल रहेको एमसीसी संसदबाट अनुमोदन नहुँदै बजेटमा राख्नु गैरजिम्बेवारी भएको बताएका छन्। 
    त्यस्तै, उनले कोरोना संक्रमण नियन्त्रणका लागि सेना परिचालन ऐन अनुरुप छ कि छैन भन्दै प्रश्न पनि गरे।  

    परीक्षणको दायरा अन्त्यन्तै कम भएको उनले बताए। उनले भने, ‘अहिले नै कतिपय जिल्लामा परीक्षण रोकिएको छ। अरू जिल्लामा सुस्त गतिमा छ।’कोरोनाकै कारण रोजगारी गुमेकालाई कृषि क्षेत्रमा लगाउने उद्देश्य बजेटमा नदेखिएको रावलले बताए। कृषिको बजेटलाई प्राथमिकता नदेखिएकोप्रति आपत्ति जनाउँदै भने,‘रासायनिक मलमा भन्सार बढाउने,चक्लेटमा भन्सार घटाउने समाजवाद उन्मुख नीतिको विरोधमा छ।’

    भारतले अतिक्रमण गरेका लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा सडक पुर्‍याउनका लागि रकम विनियोजन नभएको भन्दै आपत्ति जनाए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]