विश्व

रंगभेदविरुद्ध माइकल जोर्डनले १ अर्ब दिने

जेठ २५, २०७७

    एजेन्सी : बास्केटबलका महान खेलाडी माइकल जोर्डनले रंगभेदविरुद्ध अभियानका लागि १०० मिलियन डलर (एक अर्ब २१ करोड ३० लाख) सहयोगको घोषणा गरेका छन्। जुन सामाजिक न्यायका क्षेत्रमा काम गरिरहेका विश्वका दुई चर्चित संस्था फेसबुक र अमेजनको भन्दा १० गुणा बढी हो। 

    माइकल जोर्डनले यो रकम उनको ब्रान्ड ‘जोर्डन’मार्फत आगामी १० वर्ष सम्म जातिय समानताका लागि खर्च गर्ने जनाएका छन्। माइकल जोर्डनले यो घोषणा यस्तो समयमा गरेका छन् जहाँ अमेरिकालगायत पूरै विश्व अहिले रंगभेदविरुद्धको आन्दोलनमा छ।

    केही समयअघि अमेरिकाको मिनियापालिसमा एक अफ्रिकी मुलुकका अमेरिकी नागरिक जर्ज फ्लोयडको गोराजातिका पुलिसले नियन्त्रणमा लिएर अमानविय तरिकाले घाँटी थिचेर हत्या गरेका थिए। जसको भिडियो भाइरल भएपछि अहिले अमेरिकामा मात्र होइन् विश्वभर रंगभेद विरुद्ध ठुलठुला प्रदर्शनहरु भइरहेका छन्।

    जोर्डन र उनको ब्रान्ड ‘जोर्डन’ ले यो मुभमेन्टको समर्थन गर्दे एक वतब्य समेत जारी गरेको छ। बतब्यमा भनिएको छ ‘ब्ल्याक लाइफ म्याटर’ (अश्वेतको पनि जिवनको मुल्य हुन्छ) यो कुनै विवादास्पद अभिब्यक्ति भने होइन्। ‘जबसम्म देशले रंगभेद विरुद्धको जड उखेलेर फाल्दैन तबसम्म अश्वेतहरुको जिवन उकास्न र उनीहरुको सुरक्षाका लागि मेरो समर्थन जारी रहन्छ।’ जोर्डनले विज्ञप्तिमा भनेका छन्। 

    माइकल जोर्डन ६ पटकका एनभिए च्याम्पियन हुन्। उनले १९९० को दशकमा शिकागो बुल्सको तर्फबाट कप्तानी गर्दै दुर्लभ र एतिहासिक सफलता हात पारेका थिए।


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]