राजनीति

जहाजमा आउनेलाई स्कर्टिङ, भारतबाट आउने चाहिँ भेडाबाख्रा?

मरेपछि पिसिआर गर्नुको कुनै अर्थ छैन

जेठ २५, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की शारदादेवी भट्टले सरकारले प्लेन चढेर आउने नागरिक र खुल्ला नाकाबाट आउने नागरिकलाई असमान व्यवहार देखाएको आरोप लगाएकी छन्। 

    संघीय संसद राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा उनले यस्तो बताएकी हुन्। 'प्लेन चढेर आउने नागरिकलाई सुरक्षाकर्मीले स्कर्टिङ गर्ने तर भारतबाट आउने नागरिकलाई भेडाबाख्रा कोचेजस्तो गरी क्‍वारेनटाइनमा राखी असमान व्यवहार गरिएको छ', उनले भनिन्, ‘दुवई र बर्माबाट प्लेन चढेर आएकालाई पुलिसको स्कर्टिङ दिइयो तर भारतबाट आउने जनतालाई अपमानजनक तरिकाले एउटै ठाउँमा भेडाबाख्रा जस्तै कोचेर राखेर असमान व्यवहार देखाउनु उचित होइन।'

    उनले क्‍वारेन्टाइनमा रहेका नागरिकलाई पिसिआर नगरी घर पठाउन नहुनेमा जोड दिइन्। भट्टले मरेपछि पिसिआर गर्नुको कुनै अर्थ नहुने समेत बताइन्।

    राष्ट्रिय जनता पार्टीका शेखर कुमार सिंहले लकडाउन खुकुलो गर्ने विषयमा सरकारले सीमा क्षेत्रमा रहेका जिल्लाहरुको स्थिति अध्ययन गरी खुकुलो बनाउनुपर्ने बताए। सीमामा आउने नेपालीहरु सबैको पीसीआर परीक्षण गर्न सम्भव नभएकाले अहिले नै सबै जिल्लामा लकडाउन खुल्ला गर्न नहुने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]