राजनीति

क्‍वारेन्टाइन भद्रगोल, तर मन्त्रीलाई जिमखाना र राष्ट्रपतिलाई कार्पेट

जेठ २५, २०७७

    काठमाडौं : राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले सरकार पिसिआर परीक्षण बढाउन र क्‍वारेन्टाइनको गुणस्तर बढाउन ध्यान नदिएर कार्पेटफेर्न तिर करोडौं रुपैयाँ खर्च गर्न लागिरहेको बताएका छन्।

    संघीय संसद राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।  मन्त्रीहरुको निवासमा जिमखाना खोल्नतर्फ सरकरको ध्यान गएको उनले बताए।

    'सरकार कहाँ लागेको छ पीसीआर टेस्ट बढाउनुपर्ने, क्‍वारेन्टाइनको अवस्था भद्रगोल छ त्यतातिर ध्यान दिएर सरकार कार्पेट फेर्न तिर करोडौं रुपैयाँ खर्च गरिरहेको छ', उनले भने, मन्त्रीहरुको केलेस्ट्रोल नबढोस, सुगर लेभल नबढोस,  ब्लड प्रेसर नियन्त्रणमा रहोस भनेर जिमखाना मन्त्री निवासमा खोल्नतिर लागिपरेको छ यसलाई के भन्‍ने?’

    उनले सरकारले गोठ जस्तो क्‍वारेन्टाइनको बनाएर १० अर्ब रुपैयाँ देखाएको बताए। 'रोगले १३ जना मर्दै गर्दा भोकले मान्छेहरु मर्न थालेका छन्। सरकार मन्त्रीहरुको मात्रै सरकार नभएर मलर सदा र भोकले मर्ने वीरेन्द्र यादवकोसमेत हो', उनले भने, 'अभिभावक सरकारले मन्त्रीहरुको कोलेस्ट्रेल र सुगरलेभल घटाउन जिमखाना बनाउँछ । तर भोकभोकै एक छाक खान नपाएर मृत्युवरण गर्न दिने सरकारलाई खै के भनौं।'
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]