समाज

स्वास्थ्यमा फेरि हेरफेर, प्रवक्तामा गौतम, देवकोटा गुणस्तर मापनमा

जेठ २५, २०७७

    काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन्। डा. जागेश्‍वर गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ। 

    अहिलेका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। नयाँ प्रवक्ता तोकिएका डा. गौतम गत बिहीबार मात्रै मन्त्रालयमा सरुवा भएका हुन्। 

    दुवैको जिम्मेवारी हेरफेर भएको जानकारी मन्त्रालयका प्रशासन प्रमुख सहसचिव रघुराम विष्टले दिए। प्रवक्ताको जिम्मेवारीबाट बाहिरिएपछि बोल्दै डा. देवकोटाले ७६ दिनसम्म कोरोनाको सूचना लिएर अपडेटमा आएको बताउँदै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। 

    त्यसअघि उनी परोपकार प्रसुती गृहका निर्देशक थिए। बिहीबारै मन्त्रालय मातहतको सबैभन्दा शक्तिशाली  मानिने स्वास्थ्य सेवा विभागको महानिर्देशक पनि परिवर्तन गरेको थियो। 

    मन्त्रालयले नयाँ महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ। विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई भने मन्त्रालय तानेर कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा काजमा जिम्मेवारी दिइएको छ। 

    उनीसँगै विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेललाई पनि मन्त्रालय तानिएको थियो। उनको ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको थियो।  

    परोपकार प्रसुति गृह थापाथलीको निर्देशकको जिम्मेवारी भने कोशी अस्पताल विराटनगरका प्रमुख रहेकी डा संगीता मिश्रालाई दिइसकिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]