काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ। होली खेल्ने क्रममा दुई समूहबीच ...
खोटाङ : केपिलासगढी गाउँपालिका २ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ। आइतबार बिहान ९ बजे स्थानीय ३६ वर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ वर्षीय डिल्लीराज राई र उनकी श्रीमतीलाई खुकरी हानेका हुन्।
घटनाको खबर प्राप्त भएसँगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई घाइते अवस्थामा फेला पारेको थियो। घाइते दुबैलाई उपचारका लागि हेलिकोप्टरद्वारा काठमाडौं पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
घाइते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको छ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीकोे भनाइ छ।
खुकुरी प्रहारको कारण अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीको भनाइ छ। काठमाडौं बसिरहेका अभियुक्त लकडाउनअघि मात्रै गाउँ आएका वडाध्यक्ष बलीराज राईले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।