आइतबार सर्लाहीमा थपिए ७४ कोरोना संक्रमित
जेठ २५, २०७७
सर्लाही : आइतबार जिल्लामा ७४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै जिल्लाभर संक्रमितको कुल संख्या २ सय ४९ पुगेको छ।
थपिएका संक्रमित सदरमुकाम मलंगवादेखि दक्षिण पश्चिम क्षेत्रका गोडैता नगरपालिकाका ५४, बरहथवा नगरपालिकाका ७, विष्णु गाउँपालिकाका ६, बलरा नगरपालिका ५ र पर्सा गाउँपालिका २ गरी ७४ जना छन्।
कोरोना भाइरस पोजेटिभ देखिएका सबै छिमेकी मुलुक भारतबाट विभिन्न समयमा आएका र स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेकाहरु हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।