काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
जनकपुरधामर : प्रदेश २ सरकारले आइतबार ०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले ४८ पृष्ठ लामो नीति तथा कार्यक्रम हस्तान्तरण गरेपछि प्रदेश प्रमुख परियारले प्रस्तुत गरेका छन्। अगामी वर्षको नीति तथा कार्यक्रममा कोरोना भाइरस नियन्त्रणमा विशेष जोड दिइएको छ। स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासदेखि कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ।
विश्वमा नै कोभिड १९ को माहामारीले प्रभाव पारेको कठिन परिस्थितिमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपरेको प्रदेश प्रमुख परियारले बताए।उनले भने, ‘बन्दाबन्दीले गर्दा सुस्त बनेको आर्थिक–सामाजिक क्षेत्र एवं गुमेको रोजगारीका अवसरलाई सम्बोधन गर्न र प्रदेशमा ठूलो संख्यामा फर्किंदै गरेका नागरिकका कारण थपिएका चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाइनेछ।’
०७५/७६ मा सम्पन्न आयोजनाको भुक्तानी निर्दिष्ट समयमा गर्न नसकी भुक्तानी दिन बाँकी रहेको उक्त बक्यौता रकम यस बजेटमा समावेश गरी सम्बन्धित पक्षलाई भुक्तानी दिइनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ।
नीति तथा कार्यक्रम
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।