स्थानीय निर्वाचन-२०७९

१५ दिनमै कोरोना जितेर फर्किए बढैयातालका युवा

जेठ २५, २०७७

    बर्दिया : बढैयातालका एक युवक कोरोना जितेर डिस्चार्ज भएका छन्। वडा नम्बर ७ का १९ वर्षीय विराट थारु कोरोना जितेर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए। उनी आजै दाङको राप्ती स्थास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका हुन्। 

    उनले १५ दिनमै कोरोनालाई जितेका चौधरीले जानकारी दिए। उनमा जेठ १० गते कोरोना पुष्टि भएको थियो। 

    त्यसपछि उनलाई उपचारका लागि दाङको राप्ती स्थास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। जेष्ठ २ गते भारतमा रोजगारी गरी घर फर्केका उनी बढैयातालको मैनापोखरमा रहेको सारदा बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका थिए।  

    योसँगै बर्दियामा कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या ३ पुगेको छ। यसअघि बर्दियाको राजापुर नगरपालिका ५ की ११ वर्षीया बालिका र गुलरिया नगरपालिका ११ का २८ वर्षका पुरुष पनि उपचारपछि निको भएर घर फर्किसकेका छन्। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]