राजनीति

जनता समाजवादी पार्टी : महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय अध्यक्ष

अशोक राई बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता

जेठ २५, २०७७

    काठमाडौंः राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा आज निवेदन दिएको छ।

    महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्षको नेतृत्वमा जसपाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम एक आपसमा एकिकरण हुने सम्झौता गरेअनुसार आयोगमा दल दर्ताको निवेदन दिइएको नेता केशव झाले जानकारी दिएका छन् ।

    केन्द्रीय कार्यसमिती अध्यक्षद्वय ठाकुर पहिलो र यादव दोस्रो वरियतामा रहेका छन्। यस्तैगरी वरिष्ठ नेताहरु अशोक राई, डा. बाबुराम भट्ठराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौ वरियतामा छन्।

    गत वैशाख १० गते मध्यरातमा एकीकरणको सहमति गरेका राजपा-सपाले त्यसलगत्तै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएका थिए। तर पदीय भागबण्डा मिल्न नसक्दा निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनको अवधि पुरा भएपछिमात्र जसपा निर्वाचन आयोगमा दल दर्ताको निवेदन लिएर पुगेको हो।

    राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपि संलग्‍न गरेर आयोगमा निवेदन दिनुपर्छ। हिजो नै ४५ दिन पुगे पनि शनिवार परेकाले जसपाले आज निवेदन दिएको हो। 

    आयोगका सहसचिव लक्ष्मी गौतमका अनुसार निवेदन दर्ता भएपछि आयोगले अब ४५ दिनभित्र कागजपत्र जाँचबुझ गरेर दलको मान्यता दिने नदिने निर्णय गर्नेछ।

    राजपा र समाजवादीवीच एकीकरणको सहमति भएको डेढ महिनापछि दुई दलका नेतावीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा पदीय भागबण्डाको टुंगो लागेको हो । जसपाको केन्द्रीय समितिमा हाललाई ५१ जना रहेका छन् । राजपाबाट २६ र सपाबाट २५ जना रहेका छन्। 

सरस्वती अधिकारी

पत्रकार अधिकारी थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छिन् ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]