मकवानपुर : चितवन र मकवानपुरका ल्याब प्राविधिकहरुलाई कोभिड १९ (कोरोना भाइरस)सम्बन्धी एकदिने तालिम तथा अभिमुखीकरण हेटौंडामा भएको छ।
मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल(मेलान) केन्द्रीय समिति, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वागमती प्रदेश प्रयोगशालाको संयुक्त आयोजनामा आइतबार कार्यक्रम भएको हो।
कार्यक्रममा मेलान केन्द्रीय अध्यक्ष राजेन्द्र खड्का, महासचिव रेशम अधिकारी, सचिवालय सदस्य उत्सब चौलागाईं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कार्यक्रम फोकलपर्सन लेखनाथ भट्टराईको उपस्थितिमा २५ जना प्राविधिकलाई तालिम दिइएको थियो।
कार्यक्रममा केही सर्वसाधारण, संचारकर्मी, कर्मचारीको स्वाब पनि संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ। आगामी दिनमा भैपरी आउने समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सातै प्रदेशमा तालिम कार्यक्रम सुरु गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।