सल्यान : सल्यानमा आइतबार फेरि २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। वनगाड कुपिण्डे नगरपालिका क्वारेनटाइनमा बसिरहेकामा कोरोना देखिएको प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले पुष्टि गरेको हो।
योसँगै बनगाड कुपिण्डेमा मात्रै संक्रमितको संख्या एक सय ७ पुगेको छ। नगरपालिकामा १७ गते २५ जना, १९ गते १७, २४ गते ३७ र आज आइतबार २८ जना कोरोना संक्रमित भेटिएका छन्। सल्यानमा संक्रमितको संख्या भने १ सय १९ पुगेको छ।
आइतबार संक्रमित हुनेहरुमा बनगाड कुपिण्डे १ का १८, १९, २०, २०, ३८, ६०, २२, २४ र २५ वर्षका पुरुष तथा १६ वर्षिया एक महिला छन्। वडा न ३ का २२, २९, २० र २४ वर्षका पुरुष, वडा न ४ का २८, ४९ र ५६ वर्षका पुरुष छन्।
यस्तै वडा न ५ का १७ र २०, वडा न ६ का ३५र ३६, वडा न ७ का २१, २२, २३, २५, ३३ , २३ वर्षीय रहेका छन्। संक्रमित सबैलाई सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ।
बनगाड कुपिण्डेमा १ सय ७, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।