समाज

छतबाट खस्दा एकको मृत्यु, एक घाइते

जेठ २६, २०७७

    काभ्रे : काभ्रेमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक  घाइते भएका छन्। 

    आइतबार छतबाट खसेर घाइते भएका चौरीदेउराली गाउँपालिका–७ मादन कुडारी निवासी कुलबहादुर लामाको शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

    मृतक लामाका ३ महिने नातिको भने धुलिखेल हस्पिटलमा उपचार भइरहेको छ। उनलाई शीर मेमोरियल अस्पतालबाट धुलिखेल सामुदायिक अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव निरीक्षक कुमार विक्रम थापाले  बताए। 

    आफ्नै घरको छतमा नाती खेलाई बसि रहेका लामालाई एक्कासी रिंगाटा लागि छतबाट खस्दा  लामा घाइते दुवैलाई शीर मेमोरियल अस्पतालमा  उपचारका लागि ल्याइएकाे  लामाका भाई  जितबहादुर वाईबाले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी थापाकोअनुसार छ्तबाट खसेको दुबै जनाको टाउको र खुट्टामा गहिरो चोट लागेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]