समाज

धुमधामका साथ भइरहेको बालविवाह रोकियो

प्रतीकात्मक तस्बिर
जेठ २६, २०७७

    सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविबाह रोकिएको छ। 

    आइतबार तामझामका साथ दुलहीको घरमा जन्ती आएको सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भुपालसिं राईले बताए। 

    वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय किशोर र १६ वर्षीया किशोरीबीच मञ्जुरीमा नै विवाह भइरहेको थियो। प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइ बुझाइ विवाह रोकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

    मुलुकी अपराध संहिता २०७४ मा २० वर्ष नपुगी मञ्जुरीमा नै विवाह गरिए पनि त्यो कानुन विपरीत मानिन्छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]