स्थानीय निर्वाचन-२०७९

अमेरिकामा २० लाख भन्दा धेरै संक्रमित, भारत पाँचौ स्थानमा

जेठ २६, २०७७

    काठमाडौं : अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ। पछिल्लो तथ्यांक नुसार त्यहाँ २० लाख ७ हजार चार सय ४९ जना संक्रमित छन्। अमेरिकामा हालसम्म एक लाख १२ हजारको ज्यान गइसकेको छ। 

    अमेरिकामा हालसम्म ७ लाख ६१ हजार ७ सय आठ जन संक्रमणबाट निको भएका छन्। त्यहाँ १९ हजार ९ सउ २३ जनाको अवस्था गम्भीर रहेको छ।  अमेरिका पछि ब्राजिलमा संक्रमण उच्च छ। ब्राजिलमा हालसम्म ६ लाख ९१ हजार ९ सय ६२ जनामा संक्रमण भेटिएको छ भने ३६ हजार ४ सय ९९ जनाको ज्यान गइसकेको छ। अ

    रुसमा ४ लाख ६७ हजार ६ सय ७३ जना संक्रमित रहेको छन्। रुसमा भने मृतकको संख्या पाँच हजार ८ सय ५९ मात्रै छ।  स्पेनमा संक्रमितको संख्या २ लाख ८८ हजार ६ सय ३० रहेको छ। त्यस्तै त्यहाँ २७ हजार १ सय ३६ को ज्यान गइसकेको छ। 

    बेलायतमा ४० हजार पाँच सय ४२ जनाले ज्यान गुमाउँदा २ लाख ८६ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ।  संक्रमितकाे आधारमा भारत पाँचौं स्थानमा रहेकाे छ। त्यहाँ  २ लाख ५७ हजार ४ सय ८६ जना संक्रमित रहेका छन् भने ७ हजार २ सय ७ जनाको ज्यान गएको छ। 

    विश्वभर हालसम्म ७० लाख ८५ हजार ७ सय २ जनामा संक्रमण देसखएको छ। विश्वभरमा चार लाख पाँच हजार २ सय ७२ जनाको ज्यान गइसकेको छ। त्यस्तै  ३४ लाख ५९ हजार ८सय ३० जना संक्रमित निको भएर घर फर्किएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]